दफा २५८
अन्य देवानी मुद्दा चलाउने सम्बन्धी व्यवस्था

(१) दफा २५४ बमोजिम दायर भएका मुद्दा बाहेक अन्य देवानी मुद्दा चलाउने वा प्रमाण सङ्कलन गर्ने सम्बन्धमासम्बन्धित कानूनमा कुनै अधिकारी तोकिएको भए त्यस्तो अधिकारीबाट र त्यस्तो अधिकारी नतोकिएकोमा सम्बन्धितकार्यालयको प्रमुखले प्रमाण सङ्कलन गरी फिरादपत्र दायर गर्न हदम्याद ननाघ्ने गरी आफ्नाे राय सहित मुद्दाचल्ने वा नचल्ने निर्णयको लागि सम्बन्धित सरकारी वकिल समक्ष मिसिल सहितको प्रमाण पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मिसिल प्राप्त भएमा सरकारी वकिलले सो मिसिल अध्ययन गरी मुद्दा चल्ने वा नचल्ने सम्बन्धमानिर्णय गरी मुद्दा चल्ने भएमा कुन कानून अनुसार कुन विषयमा कस कसलाई मुद्दा चलाउने हो सो समेत उल्लेख गरीमुद्दा दायर गर्न हदम्याद ननाघ्ने गरी प्राप्त मिसिल सम्बन्धित अधिकारी समक्ष फिर्ता पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सरकारी वकिलबाट मुद्दा चलाउने निर्णय भएमा सम्बन्धित अधिकारीले फिरादपत्र तयार गरी त्यस्तोफिरादपत्रमा आफ्नो सहीछाप गरी हदम्याद भित्रै सम्बन्धित अदालत समक्ष मुद्दा दायर गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम मुद्दा दायर गरेपछि सम्बन्धित अधिकारीले त्यस्तो मुद्दासँग सम्बन्धित मिसिलको एक प्रतिनक्कल सरकारी वकिललाई उपलब्ध गराउनु पर्नेछ ।